काठमाडौँ । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको पाचौं वार्षिक साधारणसभा भोलि पुस १६ गते बस्दैछ।साधारणसभा पुरानो बानेश्वरस्थित मानसरोवर पार्टी प्यालेसमा अपराह्न १ बजे बस्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ।
यस पटकको साधारणसभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव समावेश छैन। सभाले रिक्त रहेको सञ्चालक पद पूर्तिका लागि निर्वाचन र नियुक्तिको निर्णय गर्नेछ।
सभा प्रयोजनका लागि पुस २ गते बुक क्लोज गरिएको हुँदा पुस १ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा सहभागी हुन योग्य हुनेछ।
प्रतिक्रिया