वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा

अर्थलगानी
२०८१ पुष १५, सोमबार

काठमाडौँ  ।  फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ  ।  संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

संस्थापक सेयरधनीको स्वामित्वमा रहेको यो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ।

सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापकहरू वा अन्य योग्य व्यक्ति तथा संस्थाहरूले आवेदन दिन सक्नेछन्।

 

इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र ज्ञानेश्वरस्थित संस्थाको केन्द्रीय कार्यालयमा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिनुपर्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी