काठमाडौँ । सेयर बजारमा मंगलबार ठूलो अंकको गिरावट आएको छ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ३३.०८ अंकले घट्दै २५७६.५० बिन्दुमा आइपुगेको हो । मंगलबार ३०८ कम्पनीका १ करोड ३१ लाख ७४ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६७ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ।
विशेष गरी विकास बैंक र फाइनान्स कम्पनीहरूको शेयर मूल्यमा उल्लेखनीय गिरावट देखिएको छ।यी समूहको शेयर २.७७ प्रतिशत र ५.१९ प्रतिशतले घटेको हो। अन्य सेक्टरको प्रदर्शन पनि मध्यमस्तरमै देखिएको छ।
प्रतिक्रिया