काठमाडौँ । यूनिक हाईडेल कम्पनी लिमिटेडले आगामी माघ ९ गते काठमाण्डौको डिल्लीबजारस्थित आफ्नो रजिस्टर्ड कार्यालयमा साधारण सभा आह्वान गरेको छ। सभा बिहान ११ बजेदेखि सुरू हुनेछ। सभा विशेषत: सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न र यससँग सम्बन्धित सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने उद्देश्यले आयोजित गरिएको हो।
साधारण सभामा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा नियमनकारी निकायबाट गरिएको कुनै संशोधनको अनुपालन गर्न पनि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहनेछ। साथै, कम्पनीको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र नगद प्रवाह विवरणमा छलफल गरी पारित गरिनेछ।
सभामा आव २०८१\८२ को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिनेछ।
प्रतिक्रिया