काठमाडौँ । राधी विद्युत कम्पनी लिमिटेडको वार्षिक साधारणसभा भोलि पुस १८ गते बस्दैछ। सभा ललितपुरस्थित दरबार रेष्ट्रो होटेल एण्ड पार्टी भेन्युमा बिहान १० बजेदेखि शुरू हुनेछ। यस सभामा कम्पनीले चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव पारित गर्ने योजना बनाएको छ।
सभामा गत आवको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गरिनेछन्। साथै, चालू आवका लागि लेखापरीक्षकको नियुक्ति, निजको पारिश्रमिक निर्धारण, स्वतन्त्र सञ्चालक अनुमोदन गर्ने र सञ्चालक समितिलाई आवश्यक अख्तियारी दिने प्रस्तावहरू पनि प्रस्तुत गरिने छन्।
साधारणसभा र लाभांश वितरणका लागि कम्पनीले पुस ४ गते बुक क्लोज गरिसकेको छ। यस बुक क्लोजको आधारमा पुस ३ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
प्रतिक्रिया