काठमाडौँ । आईसिएफसी फाइनान्स लिमिटेडले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट रु. ३० करोड बराबरको ऋणपत्र निष्कासन गर्न स्वीकृति पाएको छ। कम्पनीले पुस १६ गते सेबोनबाट स्वीकृति प्राप्त गरेको हो। यो ऋणपत्र ‘९ प्रतिशत आईसिएफसी फाइनान्स डिबेञ्चर—२०८८’ नामले परिचित हुनेछ।
कुल ३ लाख कित्ता ऋणपत्रमध्ये १ लाख ८० हजार कित्ता व्यक्तिगत तवरबाट र बाँकी १ लाख २० हजार कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिनेछ। यस ऋणपत्रको प्रति इकाई मूल्य रु. १ हजार रहेको छ। ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।
आईसिएफसीले यस ऋणपत्रका लागि नेपाल राष्ट्र बैंकबाट जेठ २८ गते स्वीकृति प्राप्त गरिसकेको थियो। त्यस्तै, असार १८ गते सेबोनमा आवेदन दिएको कम्पनीले अब छिट्टै निष्कासन प्रक्रिया अगाडि बढाउनेछ।
प्रतिक्रिया