काठमाडौँ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा झिनो अंकको बढोत्तरी आएको छ । आज नेप्से परिसूचक ०.१७ प्रतिशत अर्थात ४.६३ अंकले बढेर २ हजार ५८६.२३ विन्दुमा पुगेको हो ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१२ प्रतिशतले घटेर ४४३.५६ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा स्क्रिप्टको १ करोड ८६ हजार ७०५ कित्ता सेयर ४ अर्ब ६० करोड ३२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा समूहमा गिरावट आयो भने अन्य ८ वटा समूहमा हरियाली छायो । आज विकास बैंक समूह सर्वाधिक अर्थात २.४० प्रतिशतले बढ्यो । वित्त समूह आज ०.४१, होटल ०.६९, हाईड्रो १.८७, जीवन बीमा ०.३७,उत्पादन तथा प्रशोधन ०.८०,म्युचुअल फण्ड ०.३० र निर्जीवन बीमा समूह ०.७७ प्रतिशतले बढ्यो ।
आज व्यापार समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज २.०३ प्रतिशतले घट्यो । बैंकिङ समूह आज ०.१५, लगानी ०.३३,माइक्रोफाइनान्स ०.२१ र अन्य समूह १.८४ प्रतिशतले घट्यो ।
यो दिन प्रभु महालक्ष्मी लाइफको सर्वाधिक सेयर कारोबार भयो भने सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य सर्वाधिक अर्थात ५.०२ प्रतिशतले घट्यो।
प्रतिक्रिया