वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन घट्दै

अर्थलगानी
२०८१ पुष १८, बिहीबार

काठमाडौँ ।  मध्यमर्स्याङदी जलविद्युत् आयोजना र अन्य जलविद्युत् परियोजनामा पानीको स्तर घटेपछि विद्युत् उत्पादनमा उल्लेखनीय कमी आएको छ। मर्स्याङदी नदीको जल सतह घटेसँगै ७० मेगावाट क्षमताको मध्यमर्स्याङदी आयोजनाबाट विद्युत् उत्पादनमा ३० मेगावाटको गिरावट आएको हो । हाल आयोजनाबाट ४० मेगावाट विद्युत उत्पादन भइरहेको छ  जल सतह अझै घट्दै गइरहेकोले उत्पादन थप घट्न सक्ने अनुमान गरिएको छ।

त्यस्तै, दोर्दी गाउँपालिका–६ ढोडेनीस्थित ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ आयोजनामा पनि विद्युत् उत्पादन घट्न थालेको छ। यसका साथै, भुलभुलेस्थित माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजना, ङादी जलविद्युत् आयोजना, दोर्दीखोला जलविद्युत् आयोजना र अन्य केही जलविद्युत् आयोजना पनि उत्पादन घटाइरहेका छन्।

गत वर्ष पनि मध्यमर्स्याङदी आयोजनाबाट उत्पादन घटेर २५ मेगावाटमा झरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी