काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको साधारण सभा आज बस्दै छ ।बैंकको साधारण सभा ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटलमा बिहान ११ बजे सुरुहुने भयको हो । सभामा बैंकले आव २०८०/८१ सम्मको सञ्चित मुनाफाबाट ३ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) गरी कुल ८ प्रतिशत लाभांश वितरणको प्रस्ताव छलफलका लागि पेश गर्नेछ।
सभाले अन्य विकास बैंक तथा वित्तीय संस्थाहरूसँग मर्जर तथा एक्विजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ। साथै, बैंकको प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायको निर्देशनअनुसार आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव पनि पेश हुनेछ।
सभामा गत आर्थिक वर्षको वित्तीय प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने, आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने निर्णय लिने कार्यक्रम छ। बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि पुस ३ गते बुक क्लोज गरेकाले पुस २ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र लाभांश पाउन र सभामा सहभागी हुन सक्नेछन्।
प्रतिक्रिया