काठमाडौँ ।रसुवागढी जलविद्युत आयोजनाले व्यवसायिक उत्पादन सुरु गरेको छ । जलविद्युत आयोजनाबाट पुस १६ गतेदेखि व्यवसायिक उत्पादन सुरु भएको हो । रसुवागढी हाईड्रोपावर कम्पनीले रसुवा जिल्लाको टिमुरेमा निर्माण सम्पन्न १११ मेगावाट क्षमताको यो आयोजनाबाट विद्युत उत्पादन थालनी गरेको हो।
कम्पनीका अनुसार आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणसँगको विद्युत खरीद बिक्री सम्झौताबमोजिम ग्रिडमा जोडिएको छ।
प्रतिक्रिया