वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सात कम्पनीको शेयर मूल्य समायोजन

अर्थलगानी
२०८१ पुष १९, शुक्रबार

काठमाडौँ  ।  नेपाली स्टक एक्सचेन्ज (नेप्से) ले बिहीवार सात कम्पनीको शेयर मूल्य समायोजन गरेको छ। हिमालयन डिष्टीलरी, कालिका लघुवित्त, कालिका पावर, लुम्बिनी विकास बैंक, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, सूर्योदय वोमी लघुवित्त र मेरो माइक्रोफाइनान्सले साधारण सभा र लाभांश वितरणका लागि बुक क्लोज गरेपछि नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो।

समायोजनपश्चात कम्पनीहरूको नयाँ शेयर मूल्य निम्नानुसार रहेको छः

  • हिमालयन डिष्टीलरी: रु. १,१८३.४८
  • कालिका लघुवित्त: रु. १,०४०.५७
  • कालिका पावर: रु. ५०३.७४
  • लुम्बिनी विकास बैंक: रु. ४६६.०२
  • श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स: रु. ५५४.६५
  • सूर्योदय वोमी लघुवित्त: रु. ७१४.४३
  • मेरो माइक्रोफाइनान्स: रु. ६८०.९३

यी मूल्य समायोजन बोनस शेयर वितरणको आधारमा गरिएको हो। कम्पनीहरूले १.८७% देखि १५% सम्म बोनस शेयर वितरण गरेका छन्। आइतबारदेखि दोस्रो बजारमा यी मूल्यहरूका आधारमा शेयर कारोबार खुल्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी