काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सञ्चालकमा ६ जना निर्विरोध निर्वाचित भएका छन् । बैंकको पुस १९ गते बसेको १६ औं वार्षिक साधारण सभाबाट ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।
पुस १९ गते सम्पन्न सभाले संस्थापक सेयरधनीतर्फ थानेश्वर पौडेल, सुरज उप्रेती, र विरेन्द्र भुसाल तथा सर्वसाधारण सेयरधनीतर्फ विरेन्द्र विष्ट, नम्रता भण्डारी, र हिमाल भट्टराईलाई चयन गरेको हो।
साधारण सभापश्चात बसेको सञ्चालक समितिको बैठकले थानेश्वर पौडेललाई समितिको अध्यक्षमा चयन गरेको छ। बैंकको नेतृत्वमा अनुभव र दक्षता समेट्दै नयाँ सञ्चालक समितिले बैंकको प्रगतिको गति थप तीव्र बनाउने विश्वास लिइएको छ।
निर्वाचित सञ्चालकहरूले बैंकको सेयरधनी र ग्राहकहरूको हितलाई प्राथमिकतामा राख्दै संस्थाको दीर्घकालीन विकासका लागि कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिक्रिया