काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगातार पाँच दिनसम्म वृद्धि भएको छ। साताको तेस्रो दिन मंगलबार नेप्से ६.१६ अंकले बढेर २,६४६.८४ विन्दुमा पुगेको हो । बलिया कम्पनीहरूको सूचक मानिने सेन्सेटिभ इन्डेक्स पनि ०.१९ प्रतिशतले वृद्धि भई ४५०.४८ विन्दुमा उक्लिएको छ।
मंगलबार नेप्सेमा सूचीकृत ३०५ कम्पनीका १ करोड २० लाखभन्दा बढी कित्ता सेयर कारोबार भए। कुल कारोबार रकम ५ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी रह्यो जुन अघिल्लो दिनको तुलनामा करिब १ अर्बले घटेको हो। यस दिन फाइनान्स समूहको सूचक २.६५ प्रतिशतले वृद्धि भई सबैभन्दा धेरै उकालो लागेको देखिएको छ।
यस दिन सिन्धु विकास बैंक सर्वाधिक कारोबार रकमसहित अग्रस्थानमा रह्यो। कम्पनीको १६ करोड ९२ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो। सप्तकोशी डेभलपमेन्ट बैंक र साहस उर्जाले क्रमशः दोस्रो र तेस्रो स्थान ओगटे।
प्रतिक्रिया