काठमाडौं । ज्योति विकास बैंकको १७औं वार्षिक साधारण सभा बैंकका सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काको सभापतित्वमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक प्रतिवेदन पारित गर्दै, लेखा परीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वार्षिक वित्तीय विवरणहरू स्वीकृत गरेको छ।
सभाले संस्थापक शेयरधनी समूहबाट हरि चन्द्र खड्का, राम कुमार श्रेष्ठ र सन्तोष अधिकारी तथा सर्वसाधारण शेयरधनी समूहबाट ध्रुव कोइराला र नरेश राज आचार्यलाई आगामी ४ वर्षका लागि सञ्चालक समितिको सदस्यमा निर्विरोध निर्वाचित गरेको छ। यसका साथै, बैंकले आव २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र ज्योति क्यापिटल लिमिटेडको वित्तीय विवरण पारित गरेको छ।
बैंकको वर्तमान चुक्ता पूँजी ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रहेको छ। बैंकले १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ एटीएम मार्फत ग्राहक सेवा गर्दै नेपालभर वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।
प्रतिक्रिया