काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.६९ विन्दुले बढेको छ । यससँगै सूचक २५९६.८२ अंकमा आएको छ । ३० लाख १३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४२ कम्पनीको ३ हजार ७ सय ७६ कित्ता सेयर कारोबार भएको छ ।
२० कम्पनीको भाउ बढेको छ भने १८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ८४ वटा कारोबार भएको हो ।
प्रतिक्रिया