काठमाडौं । खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलायाको छ ।कम्पनी १२ औं वार्षिक साधारण सभा माघ ३० गते काठमाण्डौको धुम्बाराहीस्थित धुम्रबराह भेन्युमा आयोजना गर्ने गरि बलायाको हो । सभा बिहान ११ बजे सुरु हुनेछ। कम्पनीले गत आवको लागि सेयरधनीलाई कुनै लाभांश घोषणा नगरेकोले यस वर्षको सभामा लाभांशको प्रस्ताव पेश हुने छैन।
सभामा आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरिनेछ। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र सञ्चालक समितिको हेरफेर तथा अनुमोदनका प्रस्तावहरू पनि पारित गरिनेछन्।
साधारण सभा र लाभांश वितरणका लागि कम्पनीले माघ १३ गते एक दिनका लागि बुक क्लोज गरेको थियो, त्यसैले माघ १२ गतेसम्म नेप्सेमा कारोबार भएका सेयरधनीहरूले मात्र सभामा सहभागी हुन र लाभांश पाउन सक्नेछन्।
प्रतिक्रिया