काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३२ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.५५% ले वृद्धि भएको हो।
बैंकले १ अर्ब ८ करोड ९५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ जसमा १३.६४% वृद्धि देखिएको छ। सञ्चालन नाफा ४६ करोड ९१ लाख रुपैयाँ पुगेको छ।
बैंकको प्रतिशेयर आम्दानी १८.३७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५७.४६ रुपैयाँ रहेको छ। चुक्तापूँजी ३ अर्ब ५१ करोड र जगेडा कोषमा १ अर्ब ६४ करोड सञ्चिति रहेको छ। खराब कर्जा दर भने ४.३५% रहेको छ।
प्रतिक्रिया