वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

खराब कर्जाले थलिएको पोखरा फाइनानस मर्जरमा जाने भयो, गठन गर्याे समिति

अर्थलगानी
२०८१ माघ १०, बिहीबार

काठमाडौँ । पोखरा फाइनान्सले मर्जर तथा प्राप्ति प्रक्रियालाई अगाडी बढाउन समिति गठन गरेको छ। कम्पनीको माघ ९ गते बसेको सञ्चालक समितिको बैठकले उपयुक्त बैंक वा वित्तीय संस्थासँग मर्जर प्रक्रिया अगाडि बढाउन समिति गठन गरेको जानकारी गराएको हो।

सञ्चालक समितिले हालै सम्पन्न साधारण सभाको निर्णय अनुसार मर्जर वा प्राप्ति प्रक्रियालाई अघि बढाउने जिम्मा पाएको थियो। उक्त निर्णयले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग समाहित, गाभ्ने वा गाभिने प्रक्रियामा पहल गर्न अनुमति दिएको छ। यसलाई कार्यान्वयन गर्न कम्पनीले विशेष समिति गठन गरी आवश्यक तयारी सुरु गरेको हो।

हालको कमजोर वित्तीय अवस्था र समस्याग्रस्त अवस्थामा पुगेपछि पोखरा फाइनान्सले सम्भावित समाधानका रूपमा मर्जरको बाटो रोजेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी