वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

डिप्रोक्स लघुवित्तको नाफा शतप्रतिशतले बढ्यो, अन्य सूचक कस्ता?

अर्थलगानी
२०८१ माघ २८, सोमबार

काठमाडौँ। डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आउँदा २४ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०२.४९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १२ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीले सार्वजनीक गरेको समिक्षा अवधिको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढेको देखिन्छ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६८.९८ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २३.१४ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ५३.२६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १११.९२ प्रतिशत बढेको छ।

दोस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ४२ करोड ३० लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ४९ रुपैयाँ ५९ पैसा रहेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १३ रुपैयाँ १६ पैसा बढेर २८ रुपैयाँ ८० पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २०४ रुपैयाँ २२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २७.२६ गुणा रहेको छ।

१ अर्ब ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ७७ करोड रुपैयाँ सञ्चित छ। लघुवित्तले पुस मसान्तसम्ममा २१ अर्ब ७० करोड रुपैयाँ निक्षेप तथा सापटीबाट २४ अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी