काठमाडौँ। एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले प्राथमिक शेयर निष्काशनका लागि बिक्रि प्रबन्धक नियुक्त गरेको छ। कम्पनीले प्रति शेयर अंकितमुल्य एक सयका २० लाख ८० हजार कित्ताले हुन आउने रकमरु. वीस करोड असी लाख बराबरको आइपीओ निष्काशनका लागि सानिमा क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको हो।
सहकार्यका लागि एस.के. इनर्जी डेभलपमेन्टको तर्फबाट अध्यक्ष वीर बहादुर राई र क्यापिटलको तर्फबाट सिईओ भिष्म राजचालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने श्यामखोलाको पानीको बहाव सदुपयोग गरी ७.२ मे.वा. क्षमताको श्यामखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
प्रतिक्रिया