वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेशनल लघुवित्तको ५२ हजार कित्ता संस्थापक शेयर बिक्रि खुलाः झापालीहरुको मात्रै ४९ हजार कित्ता

अर्थलगानी
२०८१ फाल्गुन १, बिहीबार

काठमाडौँ। नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ५० हजार बढी संस्थापक शेयर बिक्रिमा ल्याएको छ। संस्थाले विधमान संस्थापक शेयर धनिहरुले बिक्रि गर्न चाहेको ५२ हजार २४९ कित्ता बिक्रिमा ल्याएको हो। झापाली संस्थापक शेयरधनिहरुले मात्रै ४९ हजार कित्ता शेयर बिक्रि गरेर बाहिरीन चाहेको संस्थाको सूचनामा उल्लेख छ। ३ हजार कित्ताको लागि काठमाडौँका शेयरधनिले बिक्रिका लागि संस्थामा निवेदन दिएका थिए भने बाँकी सबै झापाका लगानीकर्ताले बिक्रि गर्न चाहेको शेयर संस्थाले बिक्रिमा ल्याएको हो।
यो शेयरमा हाल कायम शेयरधनिहरुले मात्रै आवेदन दिन सक्छन्। यसका लािग ३५ दिनको समय राखिएको छ। समिक्षा अवधिमा यो शेयर बिक्रि नभएमा सर्वसाधरणमा बिक्रि खुला गरिने समेत संस्थाले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी