वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समृद्धि फाइनान्सद्वारा सुनसरीको मधुवनमा शाखा विस्तार

अर्थलगानी
२०८० असार ९, शनिबार

काठमाडौँ। समृद्धि फाइनान्स कम्पनी लिमिटेडले सुनसरीको मधुवनमा शाखा विस्तार गरेको छ। कम्पनीले शुक्रबार मधुवनमा १२औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो। शाखाको उद्घाटन बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की र समृद्धि फाइनान्सका संस्थापक सञ्चालक सुदीप घिमिरेले संयुक्त रुपमा गरेका थिए।

फाइनान्सको शाखा प्रबन्धक केशव पौडेलद्वारा सञ्चालित कार्यक्रममा संस्थाका सञ्चालक घिमिरेको सभापतित्व रही बराहक्षेत्र नगरपालिकाको मेयर कार्की प्रमुख अतिथि रहेका थिए।

मेयर कार्कीले यस भेगमा बैंकको अत्याधिक आवश्यकता रहेको र रकम जम्मा तथा वैंकिङ कारोबार गर्न यहाँका बासिन्दा धेरै अप्ठ्यारो परिरहेको परिस्थितिमा अब सो समस्याबाट यहाँका बासिन्दाले मुक्ति पाई सरल र सहज ढंगले गाउँमै सेवा लिन उपयुक्त अवसर भएको विचार व्यक्त गरे।

संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत गोकर्ण प्रसाद दुवाडीले सस्थाको परिचयका साथै सस्थाले उपलब्ध गराउने सेवासुविधाका बारे प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा समाजसेवी वुद्धिजीवी तथा बराहक्षेत्र नगरपालिका वडा नं. ११का भुतपूर्व वडाध्यक्ष केदार बिष्ट, मधुप्रकाश दूग्ध सहकारीका अध्यक्ष डिल्लीप्रसाद बास्तोलालगायतले बैंकको आवश्यकता र महत्वको विषयमा आफ्नो धारण राख्दै बैकको उत्तरोत्तर प्रगतिको शुभकामना दिए।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। समृद्धि फाइनान्स कम्पनी लिमिटेडले सुनसरीको मधुवनमा शाखा विस्तार गरेको छ। कम्पनीले शुक्रबार मधुवनमा १२औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो। शाखाको उद्घाटन बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की र समृद्धि फाइनान्सका संस्थापक सञ्चालक सुदीप घिमिरेले संयुक्त रुपमा गरेका थिए। फाइनान्सको शाखा प्रबन्धक केशव पौडेलद्वारा सञ्चालित कार्यक्रममा संस्थाका सञ्चालक घिमिरेको सभापतित्व रही बराहक्षेत्र नगरपालिकाको मेयर कार्की प्रमुख अतिथि रहेका थिए। मेयर कार्कीले यस भेगमा बैंकको अत्याधिक आवश्यकता रहेको र रकम जम्मा तथा वैंकिङ कारोबार गर्न यहाँका बासिन्दा धेरै अप्ठ्यारो परिरहेको परिस्थितिमा अब सो समस्याबाट यहाँका बासिन्दाले मुक्ति पाई सरल र सहज ढंगले गाउँमै सेवा लिन उपयुक्त अवसर भएको विचार व्यक्त गरे। संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत गोकर्ण प्रसाद दुवाडीले सस्थाको परिचयका साथै सस्थाले उपलब्ध गराउने सेवासुविधाका बारे प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा समाजसेवी वुद्धिजीवी तथा बराहक्षेत्र नगरपालिका वडा नं. ११का भुतपूर्व वडाध्यक्ष केदार बिष्ट, मधुप्रकाश दूग्ध सहकारीका अध्यक्ष डिल्लीप्रसाद बास्तोलालगायतले बैंकको आवश्यकता र महत्वको विषयमा आफ्नो धारण राख्दै बैकको उत्तरोत्तर प्रगतिको शुभकामना दिए।