वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालमा एमसीसी सहयोग रोकिँदा १ खर्ब बढीका पूर्वाधार आयोजनाहरू प्रभावित

अर्थलगानी
२०८१ फाल्गुन ७, बुधबार

काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत नेपाललाई दिइएको आर्थिक सहयोग स्थगित भएको छ। अमेरिकी राष्ट्रपतिको कार्यकारी आदेशअनुसार २०२५ जनवरी २० देखि ९० दिनका लागि एमसीसी फण्डबाट हुने सबै भुक्तानी रोकिएको अर्थ मन्त्रालयले जनाएको छ।

सहयोग रोकिएपछि करिब १ खर्ब रुपैयाँ बराबरका पूर्वाधार परियोजनाहरू प्रभावित हुने देखिएको छ। नेपालका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको एमसीसी परियोजनाअन्तर्गत विशेष गरी ऊर्जा प्रसारण लाइन र सडक पूर्वाधार विकासका कार्यक्रम छन्।

अमेरिकी निर्णयका कारण नेपालमा पछिल्लो समय एकपछि अर्को चुनौती थपिँदै गएको छ। यसअघि पनि विभिन्न कारणले एमसीसी कार्यान्वयनमा ढिलाइ भएको थियो। अब भने वित्तीय सहायता नै रोकिएपछि यसले विकास योजनाहरूमा थप असर पार्ने देखिन्छ।

नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ मा सम्झौता भएको थियो, जसअनुसार ऊर्जा र यातायात पूर्वाधार सुधारका लागि ५० करोड अमेरिकी डलर अनुदान उपलब्ध गराइने प्रतिबद्धता थियो। सहयोग रोकिएपछि अब परियोजनाहरूको भविष्य अन्योलमा परेको छ।

अब नेपालले वैकल्पिक स्रोत खोज्ने वा अमेरिकी प्रशासनसँग पुनः छलफल गरेर समस्या समाधान गर्ने भन्नेबारे सरकारको धारणा आउन बाँकी छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी