काठमाडौँ,– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीलाई आकर्षक लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको २६.९८ प्रतिशत बोनस सेयर र १.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल २८.४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारण सभाबाट पारित गरी सेयरधनीहरूलाई वितरण गरिनेछ।
प्रतिक्रिया