वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जिमेल लगइनमा परिवर्तन : अब एसएमएस कोडको सट्टा क्यूआर कोडबाट भेरिफिकेसन

अर्थलगानी
२०८१ फाल्गुन १४, बुधबार

काठमाडौं – गुगलले जिमेल अकाउन्ट भेरिफिकेसन प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्दै एसएमएस कोडको सट्टा क्यूआर कोडमार्फत प्रमाणीकरण गर्ने तयारी गरेको छ। अब नयाँ डिभाइस वा प्लेटफर्ममा जिमेल लगइन गर्नुपर्दा एसएमएस ओटीपी प्रविष्ट गर्नुपर्ने झन्झट हट्दैछ।

हालसम्म जिमेल लगइन गर्दा प्रयोगकर्ताले एसएमएसमा प्राप्त हुने ६ अंकको ओटीपी प्रविष्ट गर्नुपर्ने व्यवस्था थियो। तर, ढिलो एसएमएस प्राप्त हुनु, नआउनु, वा स्क्याम तथा ह्याकिङको जोखिम बढ्नुजस्ता समस्याका कारण यो प्रणाली प्रभावकारी बन्न सकेको थिएन।

गुगलका प्रवक्ता रोस रिचेन्डफरका अनुसार नयाँ प्रणालीमा प्रयोगकर्ताले आफ्नो मोबाइलको क्यामेरा प्रयोग गरी क्यूआर कोड स्क्यान गर्नुपर्नेछ। यसले कोड चोरी हुने सम्भावना हटाउने तथा अकाउन्टलाई अझै सुरक्षित बनाउने गुगलको विश्वास छ।

एसएमएस कोडको तुलनामा क्यूआर कोड भेरिफिकेसन बढी सुरक्षित भए पनि केही प्रयोगकर्तालाई यो नयाँ तरिका झन्झटिलो लाग्न सक्ने आँकलन गरिएको छ। तर, डिजिटल सुरक्षालाई प्राथमिकता दिँदै गुगलले यो प्रणाली अवलम्बन गर्न लागेको हो।

गुगलले नयाँ प्रणाली कहिलेदेखि लागू गर्नेछ भन्ने टुंगो नलगाए पनि छिट्टै यसको परीक्षण सुरू हुने अनुमान गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी