वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ऊर्जा राज्यमन्त्री तामाङको कडा चेतावनी: विद्युत् महसुल नतिर्ने उद्योगको लाइन काटिने

अर्थलगानी
२०८१ फाल्गुन १८, आईतवार

काठमाडौं । ऊर्जा राज्यमन्त्री कान्छाराम (पूर्णबहादुर) तामाङले सरकारले विद्युत् महसुल नतिर्ने उद्योगहरूलाई कारबाही गर्ने स्पष्ट संकेत दिएका छन्। उनले चैत १० पछि महसुल नबुझाउने उद्योगको लाइन काट्ने अभियान आफैंले नेतृत्व गर्ने बताएका छन्।

राज्यमन्त्री तामाङका अनुसार, डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् लिने तर महसुल नतिर्ने उद्योगीहरूको नाम सार्वजनिक गरी उनीहरूका उद्योग र घरमै पुगेर लाइन काटिनेछ।

“अदालतले नै महसुल तिर्नुपर्ने निर्णय गरिसकेको छ। अब त्यसलाई कार्यान्वयन गर्न सरकार पछि हट्दैन,” तामाङले भने। “बिल तिर्नेहरूको लाइन पुनः जडान गरिन्छ, तर नतिर्नेहरूको हकमा कुनै सम्झौता हुँदैन।”

यससँगै उनले नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङप्रति समर्थन जनाउँदै, “कुलमानलाई स्पष्टीकरण सोधिए पनि उनको कुनै गल्ती भेटिएको छैन। उनको ध्यान विद्युत् प्रणालीको सुधारमै केन्द्रित छ,” भन्ने प्रस्ट पारे।

नेपाल लोडसेडिङ मुक्त बनाउने अभियानका नायक मानिएका कुलमानप्रति कुनै अन्याय हुन नहुने तर्क गर्दै उनले ऊर्जा क्षेत्रमा सुधारका लागि सरकार दृढ रूपमा अघि बढ्ने बताएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी