काठमाडौँ। सफ्टवेरिका कलेजले ह्याक द बक्ससँगको सहकार्यमा “क्याप्चर द फ्लाग बुटक्याम्प २०२३” कार्यक्रम सम्पन्न भएको छ। साइबर सुरक्षा योग्यता र ज्ञान बढाउनको लागि एक अद्वितीय अवसर प्रदान गर्ने लक्ष्य सहित उक्त कार्यक्रम आयोजना गरिएको थियो।
यस कार्यक्रममा सहभागीविद्यार्थीहरुले वास्तविक–विश्व संग मिल्ने साइबर सुरक्षा परिदृश्यहरू जस्तै ह्याकर र डिफेन्डरहरू जस्तै सोच्ने र आफ्नो सीपहरू विकास गर्ने आवसर पाएका थिए । यो प्रतियोगिता दोस्रो र तेस्रो वर्षका विद्यार्थीहरूका लागि आयोजित गरिएको थियो । जसमा लगभग १५० विद्यार्थीहरुले सहभागीता जनाएका थिए।
प्रतिक्रिया