काठमाडौं – क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ। अत्यधिक आवेदन परेपछि गोलाप्रथामार्फत १ लाख ८४ हजार ५०० जना भाग्यशाली लगानीकर्ताले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।
१९ लाखभन्दा बढी आवेदक, १० हजारको आवेदन रद्द
कम्पनीको आईपीओमा १९ लाख ६५ हजार ८११ जनाले आवेदन दिएका थिए। एनआइएमबी एस क्यापिटल का अनुसार जसमध्ये १० हजार १२६ जनाको आवेदन विभिन्न कारणले रद्द गरिएको थियो। बाँकी १९ लाख ५५ हजार ६८५ जना लगानीकर्ताहरूलाई गोलाप्रथामा समावेश गरिएको थियो।
१८ लाख ४५ हजार कित्ता सेयरको निष्कासन
क्रेष्ट माइक्रो लाइफले फागुन २२ देखि २६ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यमा १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको थियो।
आईपीओ नतिजा यस्ता माध्यमबाट हेर्न सकिन्छ
लगानीकर्ताहरूले आईपीओ नतिजा निम्न माध्यमबाट हेर्न सक्नेछन् –
1. क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको वेबसाइट
2.एनआइएमबी एस क्यापिटलको वेबसाइट
3.सीडीएससीको आईपीओ नतिजा हेर्ने पोर्टल
4. मेरो सेयर पोर्टल
आईपीओमा व्यापक चासो देखिएको र सर्वसाधारणका लागि सीमित सेयर मात्र बाँडफाँट गरिएको हुँदा धेरै लगानीकर्ताहरूको हात खाली भएको छ।
लेखकको बारेमा

प्रतिक्रिया