वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मधेसका औद्योगिक समस्या बारेमा उद्योगमन्त्रीलाई ध्यानाकर्षण

अर्थलगानी
२०८० असार १३, बुधबार

काठमाडौँ । मधेसको औद्योगिक समस्या, पर्यटनको सम्भावना, पूर्वाधार निर्माण तथा विकास र औद्योगिक समस्याको समाधानका लागि उद्योगमन्त्री रमेश रिजालको ध्यानाकर्षण गराइएको छ । मंगलबार नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा नेतृत्वको टोलीले उद्योगमन्त्री रिजाललाई सिंहदरबारमै भेटेर ध्यानाकर्षण गराएको हो ।

टोलीमा नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईं, जनकपुर उद्योग वाणिज्य संघको पूर्वअध्यक्ष तथा पूर्वमेयर बजरंगी साह, पर्यटन व्यवसायी रामप्रसाद श्रेष्ठ, पर्यटनविद् डा.हिमलाल घिमिरे लगायत रहेका थिए । हालै चीन भ्रमणबाट फर्किएका उद्योगमन्त्री रिजाल नेपालको पर्यटकीय सम्भावनाबारे जानकार रहेको भन्दै मधेस प्रदेशमा देखिएको औद्योगिक समस्या र त्यसको समाधानका लागि तत्काल पहल गर्न लाग्नुपर्ने भन्दै शर्मा नेतृत्वको टोलीले संघीय सरकारकै ध्यानाकर्षण गराएको हो ।

शर्मा जितपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष हुन् भने नेपाल उद्योग वाणिज्य महासंघ, मधेस प्रदेशको पर्यटन हवाई तथा यातायात समितिका सभापतिसमेत छन् । मधेसमा विद्युतको समस्याले उद्योगहरु संकटमा परेको र मजदूर पलायनको अवस्थामा रहेको भन्दै त्यसका लागि संघीय सरकारबाटै तत्काल कदम चाल्नुपर्ने अध्यक्ष शर्माले बताए । यसका लागि नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय समितिको पनि ध्यानाकर्षण गराइएको भन्दै उनले सरकारका तर्फबाट तत्कालको संकट टार्नेगरी काम अघि बढाउन आवश्यक रहेको बताए ।

उद्योग मन्त्री रिजाललाई जेठ २६ र २७ गते बाराको सिमरामा भएको मधेस कन्क्लेभको प्रतिवेदनसमेत बुझाइएको थियो । भेटमा नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईंले नेपालको पर्यटन विकासमा प्रवद्र्धनसँगै पूर्वाधार विकासको कामलाई पनि महत्व दिनुपर्ने भन्दै आगामी नयाँ आर्थिक वर्षको कार्यक्रम र बजेट कार्यान्वयनमा पर्यटनलाई विशेष जोड दिन मन्त्री रिजाललाई आग्रह गरे ।

‘नेपालको विकास र समृद्धिमा पर्यटन एक महत्वपूर्ण खम्बा हो । यसका लागि उद्योग मन्त्रालयको भूमिका अझ विशेष छ’ उनले मन्त्री रिजालसँग भने, ‘अबका दिनमा उद्योग मन्त्रालयले नै पर्यटन पूर्वाधार र संरचनाको काममा विशेष जोड दिन आवश्यक छ ।’ भेटमा पर्यटनविद् डा।हिमलाल घिमिरेले मधेस कन्क्लेभमा भएका विषयमाथिको बहस तथा छलफलको सबै तथ्य प्रतिवेदनमा समेटिएको भन्दै प्रतिवेदनमा औल्याइएका विषयमा आगामी दिनमा सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा समेटिन आवश्यक रहेको बताए ।

शर्माकै संयोजकत्वमा भएको मधेस कन्क्लेभमा पर्यटन, औद्योगिक विकास, चुरे संरक्षण, मधेसको आगामी योजना तथा कार्यक्रमका विषयमा छलफल भएको थियो । सो कन्क्लेभको प्रतिवेदन यसअघि पर्यटनमन्त्री सुदन किराँती, मधेस प्रदेश सरकार र उद्योग विभाग तथा सहयोग गर्ने स्थानीय तहका प्रमुखलाई पनि बुझाइएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । मधेसको औद्योगिक समस्या, पर्यटनको सम्भावना, पूर्वाधार निर्माण तथा विकास र औद्योगिक समस्याको समाधानका लागि उद्योगमन्त्री रमेश रिजालको ध्यानाकर्षण गराइएको छ । मंगलबार नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा नेतृत्वको टोलीले उद्योगमन्त्री रिजाललाई सिंहदरबारमै भेटेर ध्यानाकर्षण गराएको हो । टोलीमा नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईं, जनकपुर उद्योग वाणिज्य संघको पूर्वअध्यक्ष तथा पूर्वमेयर बजरंगी साह, पर्यटन व्यवसायी रामप्रसाद श्रेष्ठ, पर्यटनविद् डा.हिमलाल घिमिरे लगायत रहेका थिए । हालै चीन भ्रमणबाट फर्किएका उद्योगमन्त्री रिजाल नेपालको पर्यटकीय सम्भावनाबारे जानकार रहेको भन्दै मधेस प्रदेशमा देखिएको औद्योगिक समस्या र त्यसको समाधानका लागि तत्काल पहल गर्न लाग्नुपर्ने भन्दै शर्मा नेतृत्वको टोलीले संघीय सरकारकै ध्यानाकर्षण गराएको हो । शर्मा जितपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष हुन् भने नेपाल उद्योग वाणिज्य महासंघ, मधेस प्रदेशको पर्यटन हवाई तथा यातायात समितिका सभापतिसमेत छन् । मधेसमा विद्युतको समस्याले उद्योगहरु संकटमा परेको र मजदूर पलायनको अवस्थामा रहेको भन्दै त्यसका लागि संघीय सरकारबाटै तत्काल कदम चाल्नुपर्ने अध्यक्ष शर्माले बताए । यसका लागि नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय समितिको पनि ध्यानाकर्षण गराइएको भन्दै उनले सरकारका तर्फबाट तत्कालको संकट टार्नेगरी काम अघि बढाउन आवश्यक रहेको बताए । उद्योग मन्त्री रिजाललाई जेठ २६ र २७ गते बाराको सिमरामा भएको मधेस कन्क्लेभको प्रतिवेदनसमेत बुझाइएको थियो । भेटमा नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईंले नेपालको पर्यटन विकासमा प्रवद्र्धनसँगै पूर्वाधार विकासको कामलाई पनि महत्व दिनुपर्ने भन्दै आगामी नयाँ आर्थिक वर्षको कार्यक्रम र बजेट कार्यान्वयनमा पर्यटनलाई विशेष जोड दिन मन्त्री रिजाललाई आग्रह गरे । ‘नेपालको विकास र समृद्धिमा पर्यटन एक महत्वपूर्ण खम्बा हो । यसका लागि उद्योग मन्त्रालयको भूमिका अझ विशेष छ’ उनले मन्त्री रिजालसँग भने, ‘अबका दिनमा उद्योग मन्त्रालयले नै पर्यटन पूर्वाधार र संरचनाको काममा विशेष जोड दिन आवश्यक छ ।’ भेटमा पर्यटनविद् डा।हिमलाल घिमिरेले मधेस कन्क्लेभमा भएका विषयमाथिको बहस तथा छलफलको सबै तथ्य प्रतिवेदनमा समेटिएको भन्दै प्रतिवेदनमा औल्याइएका विषयमा आगामी दिनमा सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा समेटिन आवश्यक रहेको बताए । शर्माकै संयोजकत्वमा भएको मधेस कन्क्लेभमा पर्यटन, औद्योगिक विकास, चुरे संरक्षण, मधेसको आगामी योजना तथा कार्यक्रमका विषयमा छलफल भएको थियो । सो कन्क्लेभको प्रतिवेदन यसअघि पर्यटनमन्त्री सुदन किराँती, मधेस प्रदेश सरकार र उद्योग विभाग तथा सहयोग गर्ने स्थानीय तहका प्रमुखलाई पनि बुझाइएको थियो ।