वि.सं. २०८२ जेष्ठ ३१, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

खानेपानीमन्त्री यादवबाट जेरो बी ब्रान्डलञ्च, जेरो बी ब्रान्ड अब नेपालमा

अर्थलगानी
२०८१ चैत्र १०, आईतवार

काठमाडौँ । प्रत्येक घर र व्यवसायका लागि विश्वस्तरीय पानीका लागि ३८ भन्दा धेरै वर्षको अनुभव रहेको जेरो बी ब्रान्ड नेपालमा भित्रिएको छ। शुक्रबार काठमाडौँमा आयोजना गरिएको भव्य उद्घाटन समारोहकाबीच खानेपानीमन्त्री प्रदीप यादवले उक्त ब्राण्डको उद्घाटन गरेका हुन्।

योसँगै नेपालमा पानी शुद्धीकरण समाधानको नयाँ अध्याय सुरु भएको छ। उक्त उद्घाटन कार्यक्रममा नेपालभरका प्रमुख आर्किटेक्ट, होटल व्यवसायी, उद्योगपति, र ब्यापारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

जिरो बी ब्राण्ड भारतीय कम्पनी आयन एक्सचेञ्ज इण्डिया लिमिटेडको प्रमुख ब्रान्ड रहेको छ । सो कम्पनीको अनुभव प्रत्येक घर र व्यवसायका लागि विश्वस्तरीय पानीका लागि ३८ भन्दा धेरै वर्षको छ ।

जिरो बी पिउने पानी शुद्धीकरण प्रणाली, आइरन फिल्टर, वाटर सफ्टनर, र व्यावसायिक ग्रेड प्रणालीहरूको अत्याधुनिक प्रविधिका लागि परिचित छ । यसले घरपरिवार, उद्योग र संस्थाहरूको पानीको आवश्यकतालाई पूरा गर्न मद्दत गर्दछ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी