वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

‘नेपालगञ्ज फूड लेन’का लागि मुख्यमन्त्रीलाई नाट्टाको ज्ञापनपत्र

अर्थलगानी
२०८० असार १४, बिहीबार

काठमाडौँ । ‘टूर दी ठाकुरद्धार’, वेष्टर्न ट्राभल मार्ट (डब्लुटीएम), भारतीय टूर अपरेटरको फार्म ट्रीप’ सफलतापूर्वक सम्पन्न गरेर पश्चिम नेपालको पर्यटकीय गतिविधिमा नयाँ उचाई हासिल गरेको नाट्टा बाँके च्याप्टरले नेपालगञ्जलाई नयाँ गन्तव्य बनाउन ‘फूड लेन’ कार्यक्रम सुरु गर्दैछ ।

पहिलोपटक पश्चिम नेपालको ट्रान्जिट सहर नेपालगञ्जलाई खाद्यान्नका विभिन्न परिकार पाउने सहरका रुपमा पनि स्थापित गर्न ‘नेपालगञ्ज फूड लेन’ कार्यक्रम गर्न लागिएको हो । नाट्टा बाँके च्याप्टरको आयोजना र नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा सञ्चालन हुन लागेको ‘नेपालगञ्ज फूड लेन’ कार्यक्रम थप व्यवस्थित र भव्य बनाउन लूम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीलाई ज्ञापनपत्र बुझाइएको छ ।

नाट्टा बाँके च्याप्टरका अध्यक्ष तथा नेपालगञ्ज फूड लेन कार्यक्रमका संयोजक श्रीराम सिग्देलको नेतृत्वमा बुधबार आयोजक पर्यटन व्यवसायीको टोलीले दाङको भालुवाङ पुगेर मुख्यमन्त्री चौधरीलाई ज्ञापनपत्र बुझाएको हो ।

टोलीमा संयोजक सिग्देलसँगै नाट्टा लूम्बिनीकी अध्यक्ष रचना पन्त, नाट्टा बाँके च्याप्टरका सचिव धनीराम वली लगायतको सहभागिता रहेको थियो । ज्ञापनपत्र बुझेपछि लुम्बिनीका मुख्यमन्त्री चौधरीले नेपालगञ्ज फूड लेन कार्यक्रमलाई आवश्यक आर्थिक तथा व्यवस्थापकीय सहयोग गर्ने बचन दिएको संयोजक सिग्देलले बताए ।

‘मुख्यमन्त्रीज्यूले पहिलोपटक हुन लागेको नेपालगञ्ज फूड लेन कार्यक्रमलाई सहयोग गर्ने बचन दिनु भएको छ । उहाँको प्रतिबद्धताले हामीलाई कार्यक्रम गर्न हौसला मिलेको छ’, आयोजक नाट्टा बाँके च्याप्टरका अध्यक्षसमेत रहेका संयोजक सिग्देलले भने, चाँडै नै नेपालगञ्जमा सबै सरोकारवालासँग बसेर सल्लाह गरेपछि कार्यक्रमको नयाँ मिति घोषणा गर्छौँ ।’

यसअघि नाट्टा बाँके च्याप्टरले असार १५ गते नेपालगञ्ज फूड लेन कार्यक्रम गर्ने घोषणा गरेको थियो । तर तयारी बाँकी रहनुका साथै प्राविधिक पक्ष पूरा नभएपछि फूड लेन कार्यक्रम अब दशैँ अगाडि मात्रै हुने उनले बताए ।

नेपालगञ्जलाई केन्द्रबिन्दु बनाएर पर्यटकीय गतिविधि सञ्चालन गरिरहेका सिग्देल पश्चिम नेपालको पर्यटकीय गन्तव्य एक्स्प्लोर गर्ने ‘पायोनियर’ बन्दै गइरहेका छन् । यसअघि उनकै पहलमा पोखरा–नेपालगञ्ज सिधा उडान सुरु हुनुका साथै उनले पहिलोपटक नेपालगञ्ज–मानसरोवर माउन्टेन फ्लाइटको परीक्षण गरेका थिए ।

बाँके र बर्दियाको पर्यटकीय सम्भावना बढाउन पर्यटन प्रवद्र्धन कार्यक्रम गरिरहेका उनी लूम्बिन, कर्णाली र सुदूरपश्चिमको पर्यटन उकास्ने साहसिक तथा प्रेरणादायी पर्यटन व्यवसायी हुन् । पूर्वपत्रकार समेत रहेका सिग्देल नेपालगञ्जमा अर्गानिक खानाको स्वाद चखाउने कोल्टे भान्छा घरका सञ्चालकसमेत हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । ‘टूर दी ठाकुरद्धार’, वेष्टर्न ट्राभल मार्ट (डब्लुटीएम), भारतीय टूर अपरेटरको फार्म ट्रीप’ सफलतापूर्वक सम्पन्न गरेर पश्चिम नेपालको पर्यटकीय गतिविधिमा नयाँ उचाई हासिल गरेको नाट्टा बाँके च्याप्टरले नेपालगञ्जलाई नयाँ गन्तव्य बनाउन ‘फूड लेन’ कार्यक्रम सुरु गर्दैछ । पहिलोपटक पश्चिम नेपालको ट्रान्जिट सहर नेपालगञ्जलाई खाद्यान्नका विभिन्न परिकार पाउने सहरका रुपमा पनि स्थापित गर्न ‘नेपालगञ्ज फूड लेन’ कार्यक्रम गर्न लागिएको हो । नाट्टा बाँके च्याप्टरको आयोजना र नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा सञ्चालन हुन लागेको ‘नेपालगञ्ज फूड लेन’ कार्यक्रम थप व्यवस्थित र भव्य बनाउन लूम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीलाई ज्ञापनपत्र बुझाइएको छ । नाट्टा बाँके च्याप्टरका अध्यक्ष तथा नेपालगञ्ज फूड लेन कार्यक्रमका संयोजक श्रीराम सिग्देलको नेतृत्वमा बुधबार आयोजक पर्यटन व्यवसायीको टोलीले दाङको भालुवाङ पुगेर मुख्यमन्त्री चौधरीलाई ज्ञापनपत्र बुझाएको हो । टोलीमा संयोजक सिग्देलसँगै नाट्टा लूम्बिनीकी अध्यक्ष रचना पन्त, नाट्टा बाँके च्याप्टरका सचिव धनीराम वली लगायतको सहभागिता रहेको थियो । ज्ञापनपत्र बुझेपछि लुम्बिनीका मुख्यमन्त्री चौधरीले नेपालगञ्ज फूड लेन कार्यक्रमलाई आवश्यक आर्थिक तथा व्यवस्थापकीय सहयोग गर्ने बचन दिएको संयोजक सिग्देलले बताए । ‘मुख्यमन्त्रीज्यूले पहिलोपटक हुन लागेको नेपालगञ्ज फूड लेन कार्यक्रमलाई सहयोग गर्ने बचन दिनु भएको छ । उहाँको प्रतिबद्धताले हामीलाई कार्यक्रम गर्न हौसला मिलेको छ’, आयोजक नाट्टा बाँके च्याप्टरका अध्यक्षसमेत रहेका संयोजक सिग्देलले भने, चाँडै नै नेपालगञ्जमा सबै सरोकारवालासँग बसेर सल्लाह गरेपछि कार्यक्रमको नयाँ मिति घोषणा गर्छौँ ।’ यसअघि नाट्टा बाँके च्याप्टरले असार १५ गते नेपालगञ्ज फूड लेन कार्यक्रम गर्ने घोषणा गरेको थियो । तर तयारी बाँकी रहनुका साथै प्राविधिक पक्ष पूरा नभएपछि फूड लेन कार्यक्रम अब दशैँ अगाडि मात्रै हुने उनले बताए । नेपालगञ्जलाई केन्द्रबिन्दु बनाएर पर्यटकीय गतिविधि सञ्चालन गरिरहेका सिग्देल पश्चिम नेपालको पर्यटकीय गन्तव्य एक्स्प्लोर गर्ने ‘पायोनियर’ बन्दै गइरहेका छन् । यसअघि उनकै पहलमा पोखरा–नेपालगञ्ज सिधा उडान सुरु हुनुका साथै उनले पहिलोपटक नेपालगञ्ज–मानसरोवर माउन्टेन फ्लाइटको परीक्षण गरेका थिए । बाँके र बर्दियाको पर्यटकीय सम्भावना बढाउन पर्यटन प्रवद्र्धन कार्यक्रम गरिरहेका उनी लूम्बिन, कर्णाली र सुदूरपश्चिमको पर्यटन उकास्ने साहसिक तथा प्रेरणादायी पर्यटन व्यवसायी हुन् । पूर्वपत्रकार समेत रहेका सिग्देल नेपालगञ्जमा अर्गानिक खानाको स्वाद चखाउने कोल्टे भान्छा घरका सञ्चालकसमेत हुन् ।