काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति सम्बन्धी सरकारको अघिल्लो निर्णय उल्टिएको छ। मन्त्रिपरिषदको पछिल्लो बैठकले यसअघिको निर्णयलाई संशोधन गर्दै झापा दमकका चुडामणि चापागाईंलाई नेप्सेको नयाँ सीईओका रूपमा नियुक्त गरेको छ।
चापागाईं बैंकिङ क्षेत्रमा अनुभवी व्यक्ति हुन्। उनी सानिमा बैंक र सनराइज बैंकमा महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्। करिब २५ वर्षको कार्यानुभव बोकेका चापागाईंलाई प्रविधि क्षेत्रमा समेत अब्बल मानिन्छ, जसका कारण नेप्सेको डिजिटल सुधारमा उनले महत्वपूर्ण योगदान दिन सक्ने अपेक्षा गरिएको छ।
सरकारले यसअघि नारदकुमार लुइँटेललाई सीईओ बनाउने निर्णय गरे पनि अन्तिम अनुमोदन (माइन्युट) अघि नै निर्णय पुनरावलोकन गरिएको स्रोतको दाबी छ। यससँगै, अब चापागाईंले नेपालको पुँजी बजार सुधार र प्रविधिमा नयाँ रणनीति ल्याउने चुनौती सामना गर्नुपर्नेछ।
लेखकको बारेमा

प्रतिक्रिया