काठमाडौँ। नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्तिमा आएको अवरोधलाई लोडसेडिङको रूपमा व्याख्या गर्नु भ्रामक र अतिरञ्जित हुने जनाएको छ । मौसमी कारण वा हावाहुरीका कारण केही समयका लागि विद्युत आपुर्ति अवरोध भएकोलाई लोडसेडिङको रुपमा लिन नहुने प्राधिकरणले जनाएको हो।
एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले हाल देशका विभिन्न क्षेत्रमा परेको हावाहुरी तथा प्रि(मनसुन वर्षाका कारण केही स्थानमा विद्युत सेवा छोटो समयका लागि अवरुद्ध हुन गएको स्पष्ट पारेको छ । यस्तो अवस्थालाई ‘लोडसेडिङ’ भन्नु सत्यपरक नहुने भन्दै सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको प्राधिकरणले जनाएको छ ।
‘मौसमी प्रतिकूलताका कारण विद्युत सेवा अस्थायी रूपमा अवरुद्ध भएका स्थानहरूमा सेवा पुनः सञ्चालनका लागि देशभरका वितरण केन्द्रबाट दिनरात मरम्मत र सुधार कार्य भइरहेको विज्ञप्तिमा भनिएको छ ।
प्राधिकरणले विद्युतीय संरचनामा क्षति देखिएको खण्डमा तत्काल सम्बन्धित कार्यालय वा हटलाइन नम्बर ११५० मा जानकारी गराउन उपभोक्ताहरूलाई अनुरोध गरेको छ ।
प्रतिक्रिया