वि.सं. २०८२ जेष्ठ ३१, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रियलमीका मोबाईल अब किस्तामा किन्न सकिने, गुडविल फाइनान्स र जगदम्बा हायर पर्चेजको फाइनान्सिङ

अर्थलगानी
२०८२ बैशाख १९, शुक्रबार

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीले प्रिमियम स्मार्टफोनहरूलाई नेपालभरका प्रयोगकर्ताहरूका लागि थप पहुँचयोग्य बनाउन इन्स्टान्ट फाइनान्स योजना ल्याएको छ ।

यस योजना अन्तर्गत प्रयोगकर्ताहरूले केवल आफ्नो नागरिकता प्रमाणपत्र पेश गरेर बिना झन्झट सजिलो र सुविधाजनक मासिक किस्तामा रियलमी स्मार्टफोन किन्न सक्नेछन् । रियलमीको यस योजनामा गुडविल फाइनान्स र जगदम्बा हायर पर्चेजले प्रयोगकर्ताहरूलाई थप सुविधा सम्पन्न स्मार्टफोनहरू सजिलैसँग प्राप्त गर्ने अवसर प्रदान गरेको छ ।

यो योजना अन्तर्गत, प्रयोगकर्ताहरूले रियलमीका लोकप्रिय मोडलहरू छनौट गर्न सक्नेछन् । ३३ हजार ९ सय ९९ रुपैयाँ मूल्य रहेको नार्जो ७० प्रो १३ हजार ५ सय ९९ रुपैयाँको डाउन पेमेन्टमा र १ हजार ६ सय ९९ रुपैयाँको मासिक किस्तामा उपलब्ध रहेको छ ।

त्यस्तै थप बजेट–अनुकूल विकल्प खोज्नेहरूका लागि, रियलमी सि७५ (८ं१२८जीबी स्टोरेज) २६ हजार ९ सय ९९ मा उपलब्ध छ, जसमा १० हजार ७ सय ९९ को डाउन पेमेन्ट र १ हजार ३ सय ४९ को मासिक किस्तामा उपलब्ध छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी