वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्र उत्थान र आशा लघुवित्तमा मर्जरमा जादै

अर्थलगानी
२०८० असार १७, आईतवार

काठमाडौँ। राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आशा लघुवित्तमा गाभिनलाई स्वीकृति पाएको छ। राष्ट्र उत्थानको असार १६ मा सम्पन्न गरेको चौथो वार्षिक साधारणसभाले यस्तो स्वीकृति दिएको हो।

संयुक्त प्राप्ति समितिको सिफारिसमा राष्ट्र उत्थानको संचालक समितिले स्वीकृत गरे बमोजिम उक्त प्रस्ताव स्वीकृत भएको हो। उक्त स्वीकृतिसँगै राष्ट्र उत्थानलाई राष्ट्र उत्थानको एक कित्ता शेयर बराबर आशा लघुवित्तको १ कित्ता शेयर १ कित्ता शेयर हुने गरी प्राप्तिमा जाने बाटो खुलेको छ।

प्राप्तिपछि बन्ने कम्पनीको नाम राष्ट्र आशा लघुवित्त वित्तीय संस्था रहने छ भने कम्पनीको केन्द्रीय कार्यालय हालको राष्ट्र उत्थानको केन्द्रीय कार्यालय रहेको स्थान काभ्रेको साँगामा रहने छ । प्रमुख कार्यकारी अधिकृतमा राष्ट्र उत्थानकै कार्यकारी निर्देशक जया लोहनी कायम रहने छिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आशा लघुवित्तमा गाभिनलाई स्वीकृति पाएको छ। राष्ट्र उत्थानको असार १६ मा सम्पन्न गरेको चौथो वार्षिक साधारणसभाले यस्तो स्वीकृति दिएको हो। संयुक्त प्राप्ति समितिको सिफारिसमा राष्ट्र उत्थानको संचालक समितिले स्वीकृत गरे बमोजिम उक्त प्रस्ताव स्वीकृत भएको हो। उक्त स्वीकृतिसँगै राष्ट्र उत्थानलाई राष्ट्र उत्थानको एक कित्ता शेयर बराबर आशा लघुवित्तको १ कित्ता शेयर १ कित्ता शेयर हुने गरी प्राप्तिमा जाने बाटो खुलेको छ। प्राप्तिपछि बन्ने कम्पनीको नाम राष्ट्र आशा लघुवित्त वित्तीय संस्था रहने छ भने कम्पनीको केन्द्रीय कार्यालय हालको राष्ट्र उत्थानको केन्द्रीय कार्यालय रहेको स्थान काभ्रेको साँगामा रहने छ । प्रमुख कार्यकारी अधिकृतमा राष्ट्र उत्थानकै कार्यकारी निर्देशक जया लोहनी कायम रहने छिन् ।