वि.सं. २०८२ जेष्ठ ३०, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थलगानी
२०८२ जेष्ठ ५, सोमबार

काठमाडौँ। कुमारी बैंक लिमिटेडको ४ हजार ५२८ कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ। बैंकले एक सूचना जारी आजदेखि उक्त सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्छन्। त्यसका लागि सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।
निर्धारित म्यादभित्र सेयर खरिदका लागि आवेदन नपरेमा संस्थापक भन्दा बाहिर सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी