काठमाडौँ। मकवानपुरको हेटौंडा र काठमाडौं जोड्ने कान्ति लोकपथ सडकखण्ड अवरुद्ध भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सीमानास्थित बगुवा खोलाको डाइभर्सन बाढीले बगाएपछि सडक अवरुद्ध भएको हो।
सोमबार बिहान परेको पानीले डाइभर्सनका लागि राखिएका ह्युमपाइपहरू बगाएको छ। त्यस्तै बगुवा खोलास्थित बागमती पुलको एक भाग गत असोजमा आएको भिषण बाढीले बगाएको थियो ।
प्रतिक्रिया