काठमाडौँ। नेपालकै अग्रणी अनलाइनकिनमेल प्लेटफर्म,दराज नेपालले ६.६ मेगा मिड इयर सेलकोे घोषणा गरेको छ। मेगा मिड इयर सेलमा ८० प्रतिशतसम्मको बृहत छुट, निःशुल्कहोम डेलिभरी सुविधार १ करोड रुपैयाँ बराबरका भौचरहरूको ब्यवस्था गरिएको छ । यो धमाकेदार सेल जेठ २३ गते देखि जेठ २७ गते सम्म सञ्चालन हुने जानकारी दिइएको छ।
६.६ मेगा मिड इयर सेलमार्फत दराजले ग्राहकहरूका लागि विभिन्न ब्रान्डहरूमा फ्ल्याट ६६ प्रतिशतसम्मको आकर्षक छुट पाउन सकिने ब्यवस्था गरेको छ। जस अन्तर्गत, प्लेटिनम ब्रान्ड पार्टनरसिताफिल, आइविबी र एंकर मार्फत ११ प्रतिशतसम्म छुट, गोल्ड ब्रान्डनाइकमा ५० प्रतिशतसम्मको छुट र सिल्भर ब्रान्डहरू ¥होटो र न्यानो डायपर्समार्फत ४० प्रतिशतसम्मको छुटको ब्यवस्था गरिएको छ ।
६.६ को विशेषआकर्षणका रुपमाफास्टेस्ट फिंगर फ्ल्याश सेल अभियानरहने जानकारी दिइएको छ । यस मार्फत ग्राहकहरूले मध्यरात, बिहान ८ बजे, ११ बजे, दिउँसो ३ बजे र राति ८ बजे, रु. ६ मा उपलब्ध गरिने अत्यन्तै सीमित अफरहरूमा आफ्नो सहभागिता जनाएर लाभ लिन सक्नु हुनेछ।
दराजले यसपटकको सेललाई छुटहरुका लागि अवसरका रुपमामात्र नभइ, शानदार उपहारहरू पनि प्रदान गर्नेतयारी गरेको छ। यसकालागि कम्पनीले दुई विशेष फिचरहरु,एड टू कार्ट एण्ड विन र बाई एण्ड विनको ब्यवस्था गरेको छ । यस उपहार योजना अन्तर्गत ६ जना भाग्यमानी विजेताहरूको छनोट गरी तिनकालागि आकर्षक पुरस्कारहरुप्रदान गरिने ब्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ।
एड टू कार्ट एण्ड विनअन्तर्गत, रु. १० हजार भन्दा बढी मूल्यका सामग्रीहरू आफ्नो कार्टमा राख्ने ग्राहकहरू मध्ये ५ जनाभाग्य शाली विजेताहरुको छनौट गरिनेछ । छनोटमा परेकाभाग्य शालीविजेतालाईरु९ हजारसम्मका उपहारहरू प्रदान गरिनेछ।
त्यसैगरी, बाई एण्ड विन अन्तर्गत, कम्तीमा रु. ५ हजारको सामग्रीखरिद गर्ने ग्राहकहरू मध्ये १ जना भाग्यमानी विजेतालाई रु. ५२ हजार ५०० बराबरको ग्लेन होम अप्लायन्सेस बन्डल प्रदान गरिने ब्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ। ६.६ सेलमार्फत उपभोक्ताहरुले अझ बढी बचत गर्न सक्नुहोस् भन्ने सोचका साथ कम्पनीले आफ्ना उपभोक्ताहरु लाई बेस्ट प्राइस ट्यागभएकाउत्पादनहरु खोज्न नबिर्सन अनुरोध गरेको छ।
यसरी बेस्ट प्राइस ट्यागभएकाउत्पादनहरु कुनै उपभोक्ताले नेपालकै अरु कुनै अनलाइनप्लेटफर्ममा सस्तोमूल्यमा फेला पार्नु भएमा र निर्धारित योग्यताको मापदण्ड पुरा गरेमा ती उपभोक्ताले दराजकातर्फबाट मूल्यअन्तरको दोब्बार रकम फिर्ता पाउन सक्नु हुनेछ । यसका साथै, दराजले अनलाईन किनमेल अनुभवलाई अझविश्वासिलो र झन्झटमुक्त बनाउने सोचका साथसजिलो र पारदर्शी १४ दिनको रिटर्न तथा रिफन्ड प्रक्रिया पनि उपलब्ध गराउँदै आइरहेको छ ।
१४ दिनको रिटर्न तथा रिफन्ड पोलिसीको लाभ उठाउनका लागि उपभोक्ताले आफ्नो दराज एकाउन्टमा लग इन गर्नु पर्ने हुन्छ । त्यस पश्चात, रिटर्न ÷ रिफन्ड बटन थिचेर रिटर्न प्रक्रियासुरू गर्नुपर्दछ, फिर्ताको कारण उल्लेख गरी, रिटर्न शिपमेन्ट टाइप चयन गर्नु पर्ने हुन्छ । लगतै, इच्छाइएको रिटर्न विकल्प चयन गरी रिटर्न तथा रिफन्डको अनुरोध गर्न सक्नु हुनेछ । यस प्रक्रियालाई सजिलो बनाउन दराजले ईन्स्ट्रक्शनल भिडियोपनि तयार पारी हेर्न र जानकारी लिनका लागि उपलब्ध गरेको छ।
दराजले तपाईंलाई सहज किनमेल अनुभव मात्र होइन, विश्वासिलो सेवा को पनि भरोसा दिन्छ । तसर्थ, निर्धक्क किनमेल गर्नुहोस्, र सामग्री निर्धारित गुणस्तर अनुसार नपरेमा वामन नपरेमा सजिलै फिर्ता गर्नुहोस्।
प्रतिक्रिया