वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महासंघ र परिसंघको नवनिर्वाचित पदाधिकारीबीच भेटवार्ता आपसी सहकार्यमा जोड

अर्थलगानी
२०८० असार १९, मंगलवार

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघबीच निजी क्षेत्रको हकहित र आर्थिक बिकासका लागि सहकार्य गर्नेबारे छलफल भएको छ । महासंघले सोमबार परिसंघका नवनिर्वाचित पदाधिकारी र कार्यकारी समितिलाई वधाइ एवं शुभकामना प्रदान गर्न आयोजना गरेको उक्त कार्यक्रममा दुर्वै संस्थाको नेतृत्वले सहकार्यमा जोड दिएका हुन् ।

महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले परिसंघका नवनिर्वाचित अध्यक्ष राजेश कुमार अग्रवाललाई वधाइ दिदै मुलुकको अर्थतन्त्र विषम परिस्थितिमा रहेको हुँदा सहकार्य आवश्यक रहेको वताए। ‘हामीले विगतमा पनि सहकार्य गरेर सुखद नतिजा ल्याउन सफल भएका थियौ र अब पनि यसलाई निरन्तरता दिनुपर्छ,’ उनले भने।

‘महासंघ, परिसंघ र नेपाल चेम्बर अफ कमर्शले विहीबार संयुक्त रुपमा आगामी आर्थिक बर्षको मौद्रिक नीतिमा सुझाव पेश गर्दैछ । यसले सकारात्मक सन्देश दिनेछ, ढकालले भने।
यसैगरि परिसंघका अध्यक्ष अग्रवालले नीतिगत पैरवीका लागि दुवै संस्थाका समितिहरुबीच पनि सहकार्य आवश्यक रहेको वताए। महासंघको स्वागतका लागि धन्यवाद दिंदै उनले भने, ‘हामीले सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्छ ।’

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अर्थतन्त्र मन्दीमा रहेको हुँदा संयुक्त रुपमा सुधारका लागि पहल गर्नुपर्ने वताए।

परिसंघको यही असार ९ गते अध्यक्ष अग्रवालको अध्यक्षतामा नया कार्यसमिति चयन भएको थियो । सोमबारको छलफलमा परिसंघ र महासंघका पदाधिकारी एवं कार्यकारिणी समिति सदस्यहरुको सहभागिता थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघबीच निजी क्षेत्रको हकहित र आर्थिक बिकासका लागि सहकार्य गर्नेबारे छलफल भएको छ । महासंघले सोमबार परिसंघका नवनिर्वाचित पदाधिकारी र कार्यकारी समितिलाई वधाइ एवं शुभकामना प्रदान गर्न आयोजना गरेको उक्त कार्यक्रममा दुर्वै संस्थाको नेतृत्वले सहकार्यमा जोड दिएका हुन् । महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले परिसंघका नवनिर्वाचित अध्यक्ष राजेश कुमार अग्रवाललाई वधाइ दिदै मुलुकको अर्थतन्त्र विषम परिस्थितिमा रहेको हुँदा सहकार्य आवश्यक रहेको वताए। ‘हामीले विगतमा पनि सहकार्य गरेर सुखद नतिजा ल्याउन सफल भएका थियौ र अब पनि यसलाई निरन्तरता दिनुपर्छ,’ उनले भने। ‘महासंघ, परिसंघ र नेपाल चेम्बर अफ कमर्शले विहीबार संयुक्त रुपमा आगामी आर्थिक बर्षको मौद्रिक नीतिमा सुझाव पेश गर्दैछ । यसले सकारात्मक सन्देश दिनेछ, ढकालले भने। यसैगरि परिसंघका अध्यक्ष अग्रवालले नीतिगत पैरवीका लागि दुवै संस्थाका समितिहरुबीच पनि सहकार्य आवश्यक रहेको वताए। महासंघको स्वागतका लागि धन्यवाद दिंदै उनले भने, ‘हामीले सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्छ ।’ कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अर्थतन्त्र मन्दीमा रहेको हुँदा संयुक्त रुपमा सुधारका लागि पहल गर्नुपर्ने वताए। परिसंघको यही असार ९ गते अध्यक्ष अग्रवालको अध्यक्षतामा नया कार्यसमिति चयन भएको थियो । सोमबारको छलफलमा परिसंघ र महासंघका पदाधिकारी एवं कार्यकारिणी समिति सदस्यहरुको सहभागिता थियो ।