वि.सं. २०८२ असार ४, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिटिजन्स बैंक र टिका रिर्सोटबीच समझदारी

अर्थलगानी
२०८२ असार ४, बुधबार

काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लेकसाईड पोखरास्थित टिका रिर्सोटबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने सम्झौता भएको छ।
सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले टिका रिर्सोटमा २० प्रतिशत आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंककाग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानीगर्न प्रोत्साहगर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृतविवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।

हालसालै मात्रविश्वकै प्रतिष्ठित अवार्ड ूबैंक अफ द ईयर २०२४ू को उपाधिप्राप्तगर्न सफल भएको बैंकले केही समय अघि मात्र फोन पेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड ”९भर्चुअलक्रेडिट कार्ड० सञ्चालनमा ल्याएको छ।
मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्तगर्न सकिने समेत ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ०४हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी