काठमाडौँ। एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । विमानस्थलको आगमन भन्सार एरियाको टनेलबाट १ किलो १५९ ग्राम सुनसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारती नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी रहेकी छिन् ।
प्रतिक्रिया