वि.सं. २०८२ असार १५, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको सिईओमा सन्तोष कुमार

अर्थलगानी
२०८२ असार १४, शनिबार

काठमाडौँ। नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लि. को मिति २०८२ असार १३ गते बसेको सञ्चालक समितिको ७१ औँ बैठकले कम्पनीको प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृतको पदमासन्तोष कुमार भण्डारीलाई मिति २०८२–०–१३ गतेदेखि लागू हुने गरी नियुक्त गरेको छ ।

यस अघि निज सन्तोष कुमार भण्डारीले नेपालएसबिआई बैंक लिमिटेडको सुदुरपश्चिम प्रदेश कार्यालय प्रमुख, वित्ततथा योजनाविभागप्रमुख, लेखा परीक्षण विभाग अधिकृतको जिम्मेवारी सम्हालेका थिए।

बंैकिङ्ग तथा वित्तीय क्षेत्रमा १६ बर्ष भन्दा बढीको कार्य अनुभव सँगालेका निज भण्डारी स्रोत तथा साधनको उच्चतम् परिचालन तथा व्यवस्थापन गर्न सक्ने एक कुशल नेतृत्व रहेका छन्।

नेपाल एसबिआईबैंकको पुर्ण स्वामित्व रहेको सहायक कम्पनीको रूपमा स्थापित यस नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको चुक्तापूँजीरु २० करोड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमतिलिई निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभुतिकर्ता, शेयर रजिष्ट्रार, लगानी व्यवस्थापक र संस्थागत परामर्शदाता लगायतका मर्चेण्ट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी