वि.सं. २०८२ असार १७, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अठार करोडको लागतमा मुस्ताङमा तटबन्ध निर्माण सम्पन्न

अर्थलगानी
२०८२ असार १७, मंगलवार

मुस्ताङ । कालीगण्डकी नदीको सतह उकासले जोखिममा परेका मुस्ताङका एक दर्जन तटीय बस्ती जोगाउन अठार करोडको लागतमा तटबन्ध निर्माण सम्पन्न गरिएको छ। संघीय सरकारको विशेष अनुदानमा सञ्चालित बहुवर्षीय कालीगण्डकी नदी नियन्त्रण योजनाअन्तर्गत वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङदेखि थासाङ गाउँपालिका–३ लेते धम्पुससम्म करिब ६५ किमी क्षेत्रमा तटबन्ध निर्माण गरिएको हो।

खानेपानी, जलस्रोत तथा सिँचाइ सबडिभिजन कार्यालय मुस्ताङको कार्यान्वयनमा दुई प्याकेजमा तटबन्ध निर्माण भएको हो। प्याकेज एक अन्तर्गत छुसाङदेखि स्याङसम्म १,६२७ मिटर र प्याकेज दुई अन्तर्गत मार्फादेखि धम्पुससम्म १,७८३ मिटर गरी जम्मा ३,४१० मिटर तटबन्ध निर्माण गरिएको हो।

दुवै प्याकेजमा अमित बिल्डर्सले काम पाएको थियो। पहिलो प्याकेजको लागत ९ करोड १२ लाख र दोस्रोको ९ करोड २६ लाख थियो। ग्याबिन, आरसिसी, प्लम्प कङ्क्रिट, बिग बोल्डर स्ट्याकिङ प्रयोग गरी तटबन्ध निर्माण गरिएको हो।

जोमसोम क्षेत्रमा अन्य निकायले पहिले नै तटबन्ध निर्माण गरिसकेकाले उक्त योजनामा समावेश गरिएको छैन। साथै, जोमसोम विमानस्थल र बजार संरक्षणका लागि अन्य सम्बन्धित निकायबाट पनि तटबन्ध निर्माण सम्पन्न भइसकेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी