वि.सं. २०८२ असार १७, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हिम स्टार ऊर्जा कम्पनीको आईपीओ असार २४ देखि बिक्रि खुला हुने

अर्थलगानी
२०८२ असार १७, मंगलवार

काठमाडौँ। हिम स्टार ऊर्जा कम्पनीले असार २४ गतेदेखि आईपीओ निष्कासन खुला हुने भएको छ। सर्वसाधारणले असार २७ गतेसम्म आवेदन दिन सक्नेछन्, आवेदन अनलाइन प्रणाली मेरोसेयरमार्फत हुनेछ।

कम्पनीले ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्नेछ।१७ असार, काठमाडौं । हिम स्टार ऊर्जा कम्पनीले सर्वसाधारणका लागि असार २४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।

पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका र आयोजना प्रभावित स्थानीयका लागि सेयर बाँडफाँट भइसकेपछि सर्वसाधारणका लागि खुल्न लागेको हो । कम्पनीको आईपीओमा असार २७ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले सार्वजनिक सूचनामार्फत जनाएको छ ।

कम्पनीले अ‌ंकित मूल्य १ सयका दरले कुल जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत सेयर सर्वसाधारण समूहका लागि निष्कासन गर्न लागेको हो । जसमध्ये आयोजना प्रभावित, वैदेशिक रोजगारमा रहेका, म्युचुअल फन्ड, कर्मचारीलाई छुट्याएपछि बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता सेयर मात्रै आम सर्वसाधारणका लागि खुल्ने छ ।

सर्वसाधारणले न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ ।

कम्पनीले ओखलढुंगा र सोलुखुम्बुको सीमामा बग्ने बुकु कापटी खोलाबाट ५ मेगावाट क्षमताको आयोजना सञ्चालन गरेको छ । यसको कुल लागत १ अर्ब २३ करोड ८५ लाख ३६ हजार १३५ रुपैयाँ तथा प्रतिमेगावाट लागत २४ करोड ७७ लाख ७ हजार ३८७ रुपैयाँ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी