वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंकिङ प्रणालीमा अधिक तरलताः रिर्भस रिपो २० अर्ब जारी गर्दा २९ अर्ब रुपैयाँको आवेदन

अर्थलगानी
२०८० असार १९, मंगलवार

काठमाडौँ। प्रणालीमा अधिक तरलतालाई तान्न नेपाल राष्ट्र बैंकले जारी गरेको २० अर्ब रुपैयाँको रिभर्स रिपोमा २८ अर्ब ८० करोड रुपैयाँको लागि आवेदन परेको छ।राष्ट्र बैंकले मंगलबार जारी गरेको रिभर्स रिपोमा ११ वटा संस्थाले विभिन्न ब्याज दर कबुल गर्दै ६१ वटा आवेदन दिएका थिए।

बैंकहरुले अधिकतम ब्याज ५.३७ प्रतिशत माग गरेका थिए भने ४.४९ प्रतिशत माग गरेका थिए। । अन्ततः औषतमा औषत ५.०५ प्रतिशत कायम भएको हो। राष्ट्र बैंकले १० दिनका लागि प्रणालीको २० अर्ब रुपैयाँ तानेको हो।

यसअघि असार १० गते २० अर्बको र असार ७ गते १० अर्बको रिभर्स रिपो जारी गरेको थियो। चालु बर्ष गत चैत १० गते पहिलो पटक ५ अर्बको रिभर्स रिपो गरेको थियो।

मंगलबार गरेको रिभर्स रिपोमा सहभागी बैंक, आवेदन, माग रकम र ब्याज सबै बढेको हो। अन्तर बैंक ब्याज दर पुनः तल झर्न थालेर अधिक तरलता देखिन थालेपछि राष्ट्र बैंकले रिभर्स रिपो गरेको हो। २० अर्ब रुपैयाँ तानेपछि अन्तर बैंक सापटी पुन माथि गएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। प्रणालीमा अधिक तरलतालाई तान्न नेपाल राष्ट्र बैंकले जारी गरेको २० अर्ब रुपैयाँको रिभर्स रिपोमा २८ अर्ब ८० करोड रुपैयाँको लागि आवेदन परेको छ।राष्ट्र बैंकले मंगलबार जारी गरेको रिभर्स रिपोमा ११ वटा संस्थाले विभिन्न ब्याज दर कबुल गर्दै ६१ वटा आवेदन दिएका थिए। बैंकहरुले अधिकतम ब्याज ५.३७ प्रतिशत माग गरेका थिए भने ४.४९ प्रतिशत माग गरेका थिए। । अन्ततः औषतमा औषत ५.०५ प्रतिशत कायम भएको हो। राष्ट्र बैंकले १० दिनका लागि प्रणालीको २० अर्ब रुपैयाँ तानेको हो। यसअघि असार १० गते २० अर्बको र असार ७ गते १० अर्बको रिभर्स रिपो जारी गरेको थियो। चालु बर्ष गत चैत १० गते पहिलो पटक ५ अर्बको रिभर्स रिपो गरेको थियो। मंगलबार गरेको रिभर्स रिपोमा सहभागी बैंक, आवेदन, माग रकम र ब्याज सबै बढेको हो। अन्तर बैंक ब्याज दर पुनः तल झर्न थालेर अधिक तरलता देखिन थालेपछि राष्ट्र बैंकले रिभर्स रिपो गरेको हो। २० अर्ब रुपैयाँ तानेपछि अन्तर बैंक सापटी पुन माथि गएको छ।