वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बेस रेटमा अधिकतम २ प्रतिशतसम्म मात्र प्रिमियमको व्यवस्था हुनुपर्छः अध्यक्ष राजेन्द्र मल्ल

अर्थलगानी
२०८० असार २२, शुक्रबार

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बैंकहरुले कर्जाको ब्याजदर कायम गर्दा बेस रेटमा अधिकतम २ प्रतिशतसम्म मात्र प्रिमियम लिन पाउने व्यवस्था गर्नुपर्ने बताएका छन।

आगामी मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई सुझाव दिन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको संयुक्त कार्यक्रममा बोल्दै उनले प्रिमियम २ प्रतिशत तोक्दा साना तथा मझौला र ठूला उद्योग सबै चलायमान हुने बताए।

उनले घरजग्गा र सेयर बजारमा जाने कर्जाको जोखिम भार १०० प्रतिशतमा झार्न आग्रह गरे। अहिले १५० प्रतिशत हुँदा बैंकहरुको लागत बढ्ने हुँदा यी क्षेत्रमा कर्जा नगएको उनको भनाइ छ।

उनले उपत्यका भित्र र बाहिरका घरजग्गा धितोमा (लोन टु भ्यालु रेसियो) राख्दा समान ५० प्रतिशत मूल्यांकन हुनुपर्ने माग गरे।

उनले ३ महिने मुद्दती निक्षेप र एक वर्ष निक्षेपको ब्याजदर फरक हुनुपर्ने टिप्पणी गरे। उनका अनुसार तीन महिने मुद्दती निक्षेप सबैभन्दा काम र त्यस माथिको क्रमशः बढाउनुपर्ने नीति लिन आग्रह गरे।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बैंकहरुले कर्जाको ब्याजदर कायम गर्दा बेस रेटमा अधिकतम २ प्रतिशतसम्म मात्र प्रिमियम लिन पाउने व्यवस्था गर्नुपर्ने बताएका छन। आगामी मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई सुझाव दिन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको संयुक्त कार्यक्रममा बोल्दै उनले प्रिमियम २ प्रतिशत तोक्दा साना तथा मझौला र ठूला उद्योग सबै चलायमान हुने बताए। उनले घरजग्गा र सेयर बजारमा जाने कर्जाको जोखिम भार १०० प्रतिशतमा झार्न आग्रह गरे। अहिले १५० प्रतिशत हुँदा बैंकहरुको लागत बढ्ने हुँदा यी क्षेत्रमा कर्जा नगएको उनको भनाइ छ। उनले उपत्यका भित्र र बाहिरका घरजग्गा धितोमा (लोन टु भ्यालु रेसियो) राख्दा समान ५० प्रतिशत मूल्यांकन हुनुपर्ने माग गरे। उनले ३ महिने मुद्दती निक्षेप र एक वर्ष निक्षेपको ब्याजदर फरक हुनुपर्ने टिप्पणी गरे। उनका अनुसार तीन महिने मुद्दती निक्षेप सबैभन्दा काम र त्यस माथिको क्रमशः बढाउनुपर्ने नीति लिन आग्रह गरे।