वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साना किसान र आरएमडिसी लघुवित्तको सेयर कारोबार रोक्का

अर्थलगानी
२०८० असार २२, शुक्रबार

काठमाडौँ। साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको दोश्रो बजारमा सेयर कारोबार असार २४ गते (आगामी आइतबार) देखि रोकिने भएको छ ।

नेपाल स्टक एक्सचेञ्जले एक सूचना प्रकाशित गरी शुक्रबार यस्तो जानकारी दिएको हो । यी दुई लघुवित्त आपसमा गाभ्ने गाभिने प्रक्रियामा छन् । यी दुई कम्पनी आपसमा गाभ्ने गाभिने प्रक्रिया सम्पन्न भई असार २४ गते आइतबारदेखि नै साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमीटेडको नामबाट एकीकृत कारोबार सुरु गर्ने व्यहोराको पत्र प्राप्त भएको उल्लेख गर्दै नेप्सेले संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९९३० बमोजिम सेयर कारोबार रोक्का हुने नेप्सेले प्रष्ट पारेको छ छ।

यी दुई लघुवित्तले नेप्सेलाई असार १७ गते एक पत्र लेख्दै मर्जर प्रक्रिया सकिएको र सोहीअनुसार सेयर कारोबार रोक्का राख्न अनुरोध गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको दोश्रो बजारमा सेयर कारोबार असार २४ गते (आगामी आइतबार) देखि रोकिने भएको छ । नेपाल स्टक एक्सचेञ्जले एक सूचना प्रकाशित गरी शुक्रबार यस्तो जानकारी दिएको हो । यी दुई लघुवित्त आपसमा गाभ्ने गाभिने प्रक्रियामा छन् । यी दुई कम्पनी आपसमा गाभ्ने गाभिने प्रक्रिया सम्पन्न भई असार २४ गते आइतबारदेखि नै साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमीटेडको नामबाट एकीकृत कारोबार सुरु गर्ने व्यहोराको पत्र प्राप्त भएको उल्लेख गर्दै नेप्सेले संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९९३० बमोजिम सेयर कारोबार रोक्का हुने नेप्सेले प्रष्ट पारेको छ छ। यी दुई लघुवित्तले नेप्सेलाई असार १७ गते एक पत्र लेख्दै मर्जर प्रक्रिया सकिएको र सोहीअनुसार सेयर कारोबार रोक्का राख्न अनुरोध गरेका थिए ।