वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्र उत्थानले पायो आशा लघुवित्तमा गाभ्ने अन्तिम स्वीकृति

अर्थलगानी
२०८० असार २४, आईतवार

काठमाडौँ। नेपाल राष्ट्र बैंकले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र आशा लघुवित्तको मर्जरलाई अन्तिम स्वीकृति दिएको छ। राष्ट्र बैंकले असार २२ गते मर्जरको लागि अन्तिम स्वीकृति दिएको हो ।

आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई गाभेर आशा लघुवित्तको नामबाट एकिकृत कारोबार गर्न राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको हो । यस संगै अब एक महिना भित्र एकिकृत कारोबार सुरु गर्नु पर्ने छ । समान हैसियत अर्थात् १ः१ को अनुपातमा आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई गाभ्न लागेको हो।

मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय हालको राष्ट्र उत्थानको केन्द्रीय कार्यालय रहेको स्थान काभ्रेको साँगामा रहने छ । प्रमुख कार्यकारी अधिकृतमा राष्ट्र उत्थानकै कार्यकारी निर्देशक जया लोहनी कायम रहने छिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल राष्ट्र बैंकले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र आशा लघुवित्तको मर्जरलाई अन्तिम स्वीकृति दिएको छ। राष्ट्र बैंकले असार २२ गते मर्जरको लागि अन्तिम स्वीकृति दिएको हो । आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई गाभेर आशा लघुवित्तको नामबाट एकिकृत कारोबार गर्न राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको हो । यस संगै अब एक महिना भित्र एकिकृत कारोबार सुरु गर्नु पर्ने छ । समान हैसियत अर्थात् १ः१ को अनुपातमा आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई गाभ्न लागेको हो। मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय हालको राष्ट्र उत्थानको केन्द्रीय कार्यालय रहेको स्थान काभ्रेको साँगामा रहने छ । प्रमुख कार्यकारी अधिकृतमा राष्ट्र उत्थानकै कार्यकारी निर्देशक जया लोहनी कायम रहने छिन् ।