काठमाडौँ। प्रभु महालक्ष्मी लाइफ इस्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार भट्टराई नियुक्त भएका छन् । प्रभु र महालक्ष्मी लाइफको जेठ २६ गते भएको बार्षिक साधारण सभाले अनुमोद गरेपछि बीमा प्राधिकरणले उक्त कम्पनीको सीइओमा भट्टराईलाई स्वीकृति दिएको हो ।
दुबै कम्पनीको सहमतिमा महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईलाई मर्जर पछिको आगामी ४ वर्षको लागि एकिकृत कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने सहमति भएको थियो ।
दुबै कम्पनी बिचमा २०७९ असार ३० गते प्रारम्भिक सहमति र २०८० जेठ ३ गते अन्तिम सहमति भएको थियो । कम्पनीले यहीँ २९ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएको छ ।
प्रतिक्रिया