वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निजी क्षेत्रका छाता संगठनहरुले भने, ‘व्यापार व्यावसाय चौपट भएको समयमा मिन बहादुर थुन्न पाईदैँन’

अर्थलगानी
२०८० असार २५, सोमबार

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले ललितानिवास जग्गा काण्डमा मुछिएपछि भाटभटेनी सुपर स्टोरका सञ्चालक मिन बहादुर गुरुङलाई थुनामा नराख्न आग्रह गरेका छन।

तीन छाता संगठनहरुले एक विज्ञप्ति जारी गर्दै आरोप लागेकै आधारमा व्यवसायीहरुलाई पक्राउ गरि थुन्न नहुने जिकीर गरेका हुन।

उनीहरुले संयुक्त अपिल जारी गर्दै लगानीको वातावरण बिग्रिएको र लगानीकर्ताको मनोबल खस्किएको समयमा व्यवसायीहरुमाथि भैरहेको धरपकडले झन समस्या ल्याउने बताएका हुन् । आरोप लागेका व्यवसायीहरुलाई अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि कानुनी कारवाहीको बाटोमा अघि बढ्नुपर्नेमा उनीहरुको एक मत रहेको छ । देशका साना ठूला व्यवसायीहरुलाई आरोप लागेकै आधारमा धरपकड तथा पक्राउ गरि थुन्ने काम नगर्नुपर्ने उनीहरुको भनाई छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले ललितानिवास जग्गा काण्डमा मुछिएपछि भाटभटेनी सुपर स्टोरका सञ्चालक मिन बहादुर गुरुङलाई थुनामा नराख्न आग्रह गरेका छन। तीन छाता संगठनहरुले एक विज्ञप्ति जारी गर्दै आरोप लागेकै आधारमा व्यवसायीहरुलाई पक्राउ गरि थुन्न नहुने जिकीर गरेका हुन। उनीहरुले संयुक्त अपिल जारी गर्दै लगानीको वातावरण बिग्रिएको र लगानीकर्ताको मनोबल खस्किएको समयमा व्यवसायीहरुमाथि भैरहेको धरपकडले झन समस्या ल्याउने बताएका हुन् । आरोप लागेका व्यवसायीहरुलाई अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि कानुनी कारवाहीको बाटोमा अघि बढ्नुपर्नेमा उनीहरुको एक मत रहेको छ । देशका साना ठूला व्यवसायीहरुलाई आरोप लागेकै आधारमा धरपकड तथा पक्राउ गरि थुन्ने काम नगर्नुपर्ने उनीहरुको भनाई छ।